अफगानी सुरक्षा बलको कारबाहीमा २९ जना तालिवान मारिए
काबुल, ३१ वैशाख
अफगानिस्तानमा त्यहाँको संयुक्त सुरक्षा बलले तालिवान आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी कम्तीमा पनि २९ जना तालिवान मारिएको समाचार छ ।
तालिवान आतङ्ककारीका विरुद्धमा अफगान सुरक्षा बलले जारी राखेको यस कारबाहीमा परी शुक्रबार बिहानसम्म २९ जना तालिवान लडाकू मारिएको बताइएब्को हो ।साथै अन्य ४० जना घाइते भएका र पाँच जना तालिवान लडाकू पक्राउ पेरेको गृह मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
गत २४ घण्टाभित्र अफगानिस्तानको ३४ वटा प्रान्तमध्ये १७ वटा प्रान्तमा गरिएको यस कारबाहीको क्रममा ती आतङ्ककारी हताहत भएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगान राष्ट्रिय सेनाले अफगान सैनिकको सहयोगमा भारी मात्रामा हातहतियार समेत कब्जा गर्नुकोसाथै नागरिक हत्याका लागि सडक किनारमा बेवारिसे अवस्थामा राखेका बम र बारुदी सुरुङ्समेत निस्क्रिय पारिएको जनाएको छ ।
यस कारबाहीको क्रममा तीन अफगान सैनिक पनि ज्यान गुमाएका र केही घाइते भएकोसमेत प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले हालसम्म केही पनि टिप्पणी नगरेको बताइएको छ । रासस÷सिन्ह्वा