News

बैद्य अपदस्थ ,क्रान्तिकारी माओवादीमा फुट ,बहुमत केन्द्रीय सदस्यहरुको समर्थनमा बादल बने संयोजक

बैद्य अपदस्थ ,क्रान्तिकारी माओवादीमा फुट ,बहुमत केन्द्रीय सदस्यहरुको समर्थनमा बादल बने संयोजक
काठमाडौं १ जेठ नेकपा क्रान्तिकारी माओवादी अाैपचारीक फुट तर्फ गएकाे छ बादल पक्षकाे अाज बसेकाे बैठकले वैद्यलार्इ अपदस्थ गर्दै  बहुमत केन्द्रीय सदस्यहरुकाे उपस्थीतीमा रामबहादुर थापा बादलको नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गरेको छ ।शनिबार बसेको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको छ । mohan-baidhya-ram-b-thapa-badal वैद्य माओवादीको १९९ सदस्यीय केन्द्रीय समितिमध्ये बादल पक्षका १३० जना सदस्यहरु आजको बैठकमा सहभागी थिए ।वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरे पनि सफल नभएपछि बादल पक्षले।एकताको निर्णय गरेको हो । केन्द्रीय सदस्य रामदिप आचार्यले बैठकले एकता सम्बन्धि प्रस्ताव पारित गरेको र अब पार्टी एकताका लागि वार्ता र छलफललाई तिव्रता दिइने बताए । उनका अनुसार बादल नेतृत्वको पुनर्गठित केन्द्रीय समितिको बैठक आइतबार बोलाइएको छ ।  

विशेष