विदेश

भारतमा एड्सलाग्नेको संख्या बढ्यो, २१ लाख मानिसमा एचआइभी संक्रमण

भारतमा एड्सलाग्नेको संख्या बढ्यो, २१ लाख मानिसमा एचआइभी संक्रमण
India-Map १९ जेठ। भारतका अधिकांश अस्पतालमा एचआइभीको परीक्षण नहुंदा एचआइभी संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । भारतको राष्ट्रिय एड्स नियन्त्रण संगठनले सार्वजनिक गरेको रिपोर्टमा भारतको राजधानी नयां दिल्ली, गुजराज, महाराष्ट्रमा संक्रमितको सङ्ख्या बढेको देखिएको हो । पछिल्लो १७ महिनामा करिब २५ सय मानिस अस्पतालबाट लिएको रगतबाटै संक्रमित भएको उक्त संस्थाले जनाएको छ । भारतका अधिकांश अस्पतालमा एचआइभीको जांच प्रविधि नभएकाले रक्तदाताको रगतबाट एचआइभी सरेको रिपोर्टमा उल्लेख छ । भारतमा झण्डै २१ लाख मानिस एचआइभी संक्रमित छन् ।

Aids Aids in India

विशेष