News

बालुवाटरमा झुल्कियो ‘नक्कली बेटा’

बालुवाटरमा झुल्कियो ‘नक्कली बेटा’
Baluwatar हाँ, वो मेरी माँ है । मैं उनका इकलौता बेटा हुँ । मेरी माँ नेपालके सुप्रिम कोर्टमे चिफ जस्टिस है ।’ सद्दे हुन् या दिमागी सन्तुलन बिग्रिएका, तर ठिटा १५ दिनअघि बालुवाटारमा गनगन गर्दै रहेको अवस्थामा भेटिए । दावी थियो, मुलुककी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की आफ्नी आमा भएको छ । देशवासीको जानकारीमा रहेअनुसार, नेपालकीप्रधानन्यायधीशका एकमात्र छोरा छन, प्रशान्त सुवेदी । प्रशान्त त्यसदिन बिहानै बालुवाटार स्थित आमाको सरकारी निवासबाट निस्किएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका थिए । तर, जब डाक्टरी शिक्षा पढ्न थाले, तब आमाको सरकारी निवास पुगेर अर्कै भारतीय युवक सुशीलालाई आमा दावी गर्दै थियो । उनी थिए, भारतको फारविसगञ्गज नजिकै घर भएका २७–२८ वर्षजस्तो देखिने अर्जुकुमार । मुलगेटमा सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका एक जना हवल्दारले भने, ‘आप उनकी बेटा नहीँ है । और, उनसे मिल्नेके लिएर आपने कोही अपोइन्टमेन्ट भी नहीँ लिया है ।’ तर, जिद्दी स्वभावको ठिटोले जसो भन्दा पनि मानेन् । भन्यो, ‘नहीँ साप, मैं अभि–अभि फारविसगञ्जसे विराटनगर, और विराटनगरसे काठमाडौं आया हुँ । वो मेरी आमा है । एकबार उनसे मिल्ने दिजिए, वो मेरेको अच्छसे पहचान्ती है !’ प्रहरीले पत्याउने कुरै थिएन । जनआस्था साप्ताहिकबाट

Baluwatar

विशेष