बलात्कारीलाई सरकारको विभूषण
मुलुकको मुहान फेर्न सपना बाँडेर नथाक्ने केपी ओली सरकारले प्रोत्साहित र पुरस्कृत गरेका मानिस हेर्न हो भने ‘खुट्टी हेर्दै थाहा भयो नानीको ताइँ’ हुने पक्का छ । सपना र योजना हुन नराम्रो नभएपनि त्यसलाई पूरा नगर्दा मानिसमा जाग्ने निराशाले उल्टो परिणाम नदेखाउन भन सकिन्न्न ।
गणतन्त्र दिवसको अवसर पारेर बतात्कारको आरोपमा धनुषाघाम नगरपालिकाबाट खेदाइएका रामबाबु मण्डलले प्रवल जनसेवा श्री पदक पाएका छन् । सिराहाका स्थायी बासिन्दा रामबाबुले सो नगरपालिकामा कार्यकारी अधिकृत हुँदा केही अघि मात्र त्यहीँकी एक युवतीलाई बलात्कार गरेका थिए । युवतीले रामबाबुले जागिरदेखि पैसाको समेत प्रलोभन दिई जबरजस्ती यौनसम्बन्ध राखेको आफन्तलाई बताएपछि स्थानीय उठेर तत्कालै स्पष्टिकरण मागेका थिए । तर उनले आफूभन्दा निकै कम उमरेकी युवतीसँग सम्बन्ध राखेको स्वीकारेपछि स्थानीयले आाक्रमणको प्रयास गरे ।
कुटपिटबाट भागेर बचेका उनी स्थानीयले प्रहरीमा समेत उजुरी गरेपछि जनकपुर टिक्न सकेनन् । त्यसपछि मन्त्रालयका मानिसलाई भनी काठमाडौं फर्केर स्थानीय विकास मन्त्रालयमै हाजिर गरी बसेका छन् । उनी यस अघिनै जनकपुरकै आन्तरिक राजस्व कार्यालमा बसी अकुत सम्पित्ति कमाएका हुन् ।
जनआस्था साप्ताहिक
Balatkari Lai Bivusan