News

सरकारले विजुली नदिदाँ विमानस्थल निर्माणमा कठिनाई, एक वर्ष देखि फाइल सिंहदरबारमै

सरकारले विजुली नदिदाँ विमानस्थल निर्माणमा कठिनाई, एक वर्ष देखि फाइल सिंहदरबारमै
12791084_487802801422260_2555492490938320556_n २०७१ साल माघ १ गते देखी निर्माण सुरु भएको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल डिसेम्बर २०१७ मा निर्माण सम्पन्न हुने लक्ष्य लिईएको थियो । तर, बालुवा र बिजुलीको अभावमा समयमा काम सम्पन्न नहुने निश्चितजस्तै छ । गौतमबुद्ध बिमानस्थलको स्तर उन्नत गरी काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सरहको बनाउने योजना हो । चीनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेशन समुहले बिमानस्थल निर्माण गर्ने जिम्मा पाएको छ । कर्पोरेशनलाई सरकारले ६ लाख घनमिटर बालुवा र दैनिक ३ मेगावाट बिजुली उपलब्ध गराउने सहमति भएको थियो । अन्तराष्ट्रिय बिमानस्थलका आयोजना निर्देशक ईन्जिनियर ओम शर्मा भन्छन, ‘सरकारले ६ लाख घनमिटर बालुवा दिनु पर्ने तर आजसम्म त्यसको १० प्रतिसत सम्म अर्थात ६० हजार घनमिटर मात्र दिएको छ ।’ त्यस्तै आयोजना सञ्चालन गर्न प्रेत्येक दिन ३ मेगावाट बिद्युत चाहिन्छ । एक वर्षसम्म प्रस्ताव सिंहदरबारमै अलमलियो । बल्लतल्ल निर्णय भयो । तर, निर्णय भएको २ महिना बितिसक्दापनि कार्यान्वयनका लागि पठाउनुपर्ने तोकआदेश अझै पठाइएको छैन । सरकारले निर्णय गरेको भएपनि कार्यान्वयन किन भएन भन्ने बारेमा आफु अनविज्ञ रहेको इन्जिनियर शर्माको भनाइ छ । 12798851_484154108453796_7620875051287468782_n ओलीलाई थाहा छ लुम्बिनी बिमानस्थलमा बालुवा र बिजुली अभावका बारेमा प्रधानमन्त्री केपी ओलीलाई पटकपटक जानकारी गराइसकिएको सम्बन्धित पक्षले जनाएको छ । अर्थमन्त्री बिष्णु पौडेल स्वयं सोही क्षेत्रका नेता हुन् । समस्या सुनेपनि नसुनेझैं गरिएको गुनासो सरोकारावाला पक्षको छ । एमाले पार्टीका केन्द्रीय नेताले विकासका सन्र्दभमा ओली गम्भीर नभएको उदाहरणका रुपमा लुम्बिनी विमानस्थललाई लिन्छन् । उनी भन्छन्, ‘उहांका कुरा लठ्ठ पार्ने खालका छन्, तर व्यवहारमा उहां विकासप्रति उदासिन हुनुहुन्छ । लुम्बिनी विमानस्थलको कुरा कतिपटक भनियो । सुनेको नसुन्यै भइराख ।’ कर्मचारीतन्त्र र राजनीतितन्त्रले सौदाबाजी गर्नका लागि बिजुली दिने फाइल अगाडि नबढाएको चर्चा चल्न थालेको छ । अन्तराष्ट्रिय विमानस्थल निर्माण ढीला गतिमा हुनुको अर्को कारण हो बातावरण मन्त्रालयको निर्देशन । मन्त्रालयले निर्माण कम्पनीलाई बातावरण बिग्रन सक्ने भन्दै मेसिन नचलाउन निर्देशन दिएको छ । इन्जिनियर शर्मा भन्छन्, ‘बरु नीरिक्षण गर्न मान्छे राखेर काम गराएको भए काम चाडो हुन्थ्यो ।’ मेसिनले भन्दा मान्छेले नदी खन्दा भुक्षय हुने खतरा बढी हुने उनी तर्क गर्छन । उनी भन्छन, ‘योजना संग जोडिएका जतिपनि निकाय छन् उनीहरुबिच हाम्रो तालमेल मिल्न नसकेर कामले गति लिन सकेको छैन ।’ स समस्याको जालो सरकार र नागरिक उड्डयन प्राधिकरण बिच ३ मेगावाट बिद्युत दिने सहमति थियो । सो अनुरुप नागरिक उड्डयन प्राधिकरणले ४ करोड बजेट डबल महसुल समेत तयार पारिसकेको छ । शर्मा भन्छन ‘पैसाको त समस्या हुंदै होईन तर बिद्युत किन दिइएन बुझ्न गाहे छ । ठुला आयोजना निरन्तर सञ्चालन गर्नको लागि धेरै बिद्युतको आवश्यकता पर्छ तर खोई बिद्युत ।’ जेनेरेटरको भरमा काम भइरहेको छ । जेनेरेटरले काम गर्दा काम ढीलो हुने र खर्च बढ्ने हुन्छ । शर्मा भन्छन्, ‘भनेको बेलामा तेल पाईदैन, बत्ति आको बेलामा भोल्टेज पुग्दैन । देशलाई नै फाइदा हुने योजनामा सरकार मौेन छ ।’ के भन्छ प्रशासन ? रुपेन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल चांडै नै काम सकिनेमा ढुक्क छन । उनी भन्छन, ‘नाकाबन्दी र भुकम्पले गर्दा काम ढिलो भएको देखिएको हो । अब चांडै नै सरकारले बिद्युत उपलब्ध गराएर काम तोकिएकै समयमा सम्पन्न हुन्छ ।’ उनले बिद्युत दिने दाबी त गरे तर बिद्युत उपलब्ध गराउने उनले होइन । उनी आफैं भन्छन्, ‘सरकारले दिने भनेको बिजुली किन दिएन थाहा भएन ।’ कस्तो योजना हो गौतमबुद्ध बिमानस्थल ? २०२१ सालमा सिद्धार्थनगर नगरपालिकाको शान्तिनगरमा रहेको यो विमान स्थल २०२३ सालमा हाल रहेको स्थानमा सरेको थियो । ७५ बिगाहा क्षेत्रफमा फैलिएको बिमान स्थललाई अन्तराष्ट्रि विमानस्थल बनाउन थप २ सय १० बिगाहा जग्गा अधिग्रहरण गरिएको हो । बोलपत्र अनुसार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसामा बिमानस्थल निर्माण कार्य सम्पन्न गर्नेछ । निर्माणाधिन बिमानस्थलको धावनमार्ग ३ हजार मिटरको छ । बार्षिक ७ लाख ६० हजार हवाई यात्रुलाई थेग्ने गरी प्रथम चरणमा बिमानस्थलको निर्माण कार्य हुदैछ । प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रन वे, ट्याक्सी वे, अन्तराष्ट्रिय टमिर्नल भवन, टावर, प्रशासकिय भवन, आन्तरिक तथा बाह्य पेरीफेरी सडक, एअर कार्गो बिल्डिङ, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक र घाघरा नदी डाईभर्सन लगायतका भौतिक निर्माण कार्यहरु भईरहेको छ । अन्तराष्ट्रिय बिमानस्थलको प्रथम चरणको काम २५ प्रतिसत भन्दा बढी सकिएको छ । बिमान स्थलका प्रोजेक्ट म्यानेजर ओम शर्मा भन्छन्, ‘२०१६ भित्रमा ५० प्रतिसत र बांकी काम २०१७ को अन्त्य सम्ममा सबै काम सक्ने लक्ष्य लिएका छौँ । सकिएन भने त्यो हाम्रो हात बाहिरको कुरा हो ।’ प्रस्तुतिः सागर बुढाथोकी

Gautam Budda International Airport Lumbini

विशेष