News

बिमल भन्छन बहिनीको हत्यारालाई कारबाही भएन भने यो देशको लागि के गर्नु

बिमल भन्छन बहिनीको हत्यारालाई कारबाही भएन भने यो देशको लागि के गर्नु
Manisha जेठ १९ । फुटबलर विमलघर्ती मगरको बहिनी मनिषा घर्तीमगरको मृत्युको अनुसन्धानको विषयमा प्रेमी अशिष चौधरीको भएको पोलिग्राफ जाँचमा चौधरीले मनिषाको हत्या नगरेको दिएको जवाफ साँचो देखिएको छ । ५ घण्टा लगाएर प्रहरी नियन्त्रणमा रहेको चौधरीको इलाका प्रहरी कार्यालय सुनवलमा पोलिग्राफ जाँच भएको थियो । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरबाट पोलिग्राफ शाखाका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा नवलपरासी आएको टोलीले चौधरीलाई ११ वटा प्रश्न गरेको थियो । उक्त जाँचमा मनिषाघर्ती मगरको मृत्यु तपाईले गराउनुभएको हो भन्ने प्रहरीको प्रश्नमा चौधरीले होइन भन्ने जवाफ दिएको र उक्त जवाफ पोलिग्राफ जाँच गरी हेर्दा साँचो बोलेको देखिएको बुधवार जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । त्यस्तै आजै उनका दाजु बिमल घर्तीमगरले आफ्नो फेसबुक स्टाटसमा बहिनीको हत्यालाई कारबाही गर्न माग गर्दै उनलाई श्रद्धान्जली व्यक्त गरेको फोटो पोट गरेका छन् । उनले पोष्ट गरेको फेसबुक स्टाटस Capture

Manisha

विशेष