प्रधानमन्त्रीले मागे गृहमन्त्रीको राजिनामा
जेठ १९ । सिडियो र सहायक सिडिओको सरुवालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच वाकयुद्ध चलेको छ । गृहमन्त्री बस्नेत प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन नमान्ने अडानमा छन् भने प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा मागेका छन् ।
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने गृहको निर्णय सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतलाई सरुवा बदर नगर्ने भए पदबाट राजीनामा दिन भनेका हुन् । तर, गृहमन्त्री बस्नेतले भने सिडिओहरुको सरुवासम्बन्धी निर्णय नसच्चिने ठाडो जवाफ प्रधानमन्त्री ओलीलाई फर्काएका थिए ।