
जेठ १९ । अन्तराष्ट्रिय गाडीहरुको निर्माता कम्पनी भक्वागन यस वर्षको विश्व अटोमोवाइल्समा सवैभन्दा बढी गाडी बेच्ने विक्रेता भएको छ । यस वर्ष उसले टोयोटा र जेनेरल मोटर्सलाई उछिन्दै उच्च विक्रेता बनेको हो । भक्सवागनले विश्वको टप सेलर बन्दै चारवर्षदेखी टोयोटाले लिंदै आएको ताज खोसेको हो ।
यस वर्ष भक्सवागनले ३३ लाख ६१ हजार ६ सय युनिट विक्री गरेको छ भने टोयोटाले ३२ लाख ७१ लाख ९ सय ७० युनिट तथा जेनेरल मोटर्सले ३१ लाख ४६ हजार ६ सय ६७ युनिट विक्रि भएको फोब्स म्याग्जीनमा जनाएको छ । यस वर्ष भक्सवागले ०.६ प्रतिशत वृद्धि भएको जनाएको छ भने टोयटा र जेनेरल मोटस कम्पनीको विक्रिमा क्रमश २.८ र १.६ प्रतिशतले घटेको छ ।
car
volkswagon