News समाज

पाँच महिनामा जम्मा एकहजार घरपरिवारलाई अनुदान

पाँच महिनामा जम्मा  एकहजार  घरपरिवारलाई अनुदान
काठमाडाैँ  १९ जेठ नर्निर्माण प्राधिकरणले पाँच महिनाको अवधिमा एक हजार घरपरिवारलाई मात्रै अनुदानको पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिएकाे छ  । punarniman व्यवस्थापिका संसदको विकास समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म एक हजार घरधनीलाई अनुदानको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिए ।  प्राधिकरणले सोमबारसम्म ४७ हजार ९ सय २५ घरधनीसंग अनुदान संझौता गरिसकेको बताएको छ । भूकम्पबाट अति प्रभावित ११ जिल्लाको सर्वेक्षणको काम सम्पन्न भएको र ७ लाख १५ हजार २४ घरधनीमध्ये ३ लाख ९ सय ६१ घरधुरी अनुदान पाउने छनौट सूचीमा परेको प्राधिकरणले बताएको छ । त्यस्तै, ५५ वटा सामूहिक आवास निर्माणका लागि टेण्डर आह्वान प्रकृया अघि बढाइएकोसमेत प्राधिकरणले जनाएको छ । तर, भूकम्प गएको लामो समय भइसक्दा पनि प्रभावितले क्षतिपूर्ति पाउन नसकेको भन्दै सांसदहरुले प्राधिकरणको तीव्र आलोचना गरेका छन् । सर्वेक्षणको काम बैज्ञानिक नभएको, भूकम्प प्रभावित ९ हजार ६ सय विद्यालय पुनर्निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै काम अघि नबढेको भन्दै उनीहरुले प्राधिकरणको आलोचना गरेका हुन् ।।।

विशेष