News

कृषी क्षेत्रलाई आधुनिकीकरण गर्नु पर्छ -उपराष्टपति पुन

कृषी क्षेत्रलाई आधुनिकीकरण गर्नु पर्छ  -उपराष्टपति पुन

काठमाडौँ १९ जेठ    उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण बिना मुलुक समृद्ध बन्न नसक्ने बताएका छन ।

आज काठमाडौंमा नेपाल भेटेरिनरी संघको १२औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध मुलुक नेपालीको चाहना रहेको बताएका हुन । यसका लागि कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण अनिवार्य रहेको पुनको भनाइ थियो । कृषि विकास मन्त्री हरिबोल गजुरेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएको किसान सुरक्षा तथा पेन्सनको व्यवस्था बजेटले नसमेटेको गुनासो गरे। कृषिमा किसानहरुलाई सुरक्षाको प्रत्याभूति नगराएसम्म यस क्षेत्र अघि बढ्न नसक्ने उनकाे धारणा थियो ।।।

kirsima aadhunikikaran

विशेष