News

रामशरण महत विदेशी दलाल हुन : सुजता कोइराला (भिडियाे सहित)

रामशरण महत विदेशी दलाल हुन : सुजता कोइराला  (भिडियाे सहित)
एक बर्षअघिको सुजताको सनसनीपूर्ण बोली काठमाडाै १९ जेठ पार्टी रहेन भने, र प्रजातन्त्र समाप्त भयो भने अव को आउँछ ? राजा आउँछ ? आउँदैन् । को आउँछ त्यो कुरा बुझ्नु पयो । [caption id="attachment_3631" align="alignnone" width="700"]sujata-koirala फोटो sojho.com[/caption] गाउँगाउँमा बस्ने प्रजातान्त्रिकहरुलाई समाप्त पार्ने रामशरण महत जस्ता दलालहरु लागी लागिरहेका छन् । ति दलालहरुलाई हाम्रो पार्टीबाट आजै निस्कासन गरेनौ भने नेपाली कांग्रेस पार्टी सुध्रिदैन । यो पार्टीलाई सुधार्ने हो भने दलालहरुलाई हटाउनु पर्दछ । उनले कहिल्यै गिरिजा बाबुलाई सहयोग गरेका छैनन् । अर्थतन्त्रमा पनि उनले कहिल्यै राम्रो काम गरेनन् । उनी सानो युनाइटेड नेसनको कर्मचारी हो । त्यो बेला परिस्थिति त्यस्तै थियो । उनलाई कर्मचारीबाट ल्याउनु बाध्यता थियो, किन भने नेपाली कांग्रेसले प्रजातन्त्रको लागि लड्दै गरेको थियो । आर्थिक पक्षमा त्यति मानिसहरु भेटिएका थिएनन् । उनीसँग ग्रीन कार्ड छ भने त्यो पत्ता लगाउनु पर्दछ । म लालबाबुलाई धन्यवाद दिन चाहन्छु । उनले जति पनि विदेशी दलालको दलाली गरेर खाईरहेका छन् पत्ता लगाए । ति व्यक्तिहरुलाई दश वर्षको सकिन्छ भने जन्म कैद दिनुपर्दछ । तिनीहरुलाई छोड्नु हुँदैन । यस्तै व्यक्तिले गर्दा खेरी यो मुलुक विग्रेको छ । त्यसैले हामीहरु सर्तक हुनु पर्दछ । एउटा कुरा भन्छु गिरिजा बाबु जस्तो प्रजातन्त्रवादीलाई समाप्त ग¥यो भने यो मुलुकमा नेपाली कांग्रेस नै रहँदैन । नेपाली कांग्रेस नै समाप्त हुन्छ । यो कुरा राम्रोसँग बुझ्नुहोस् । यो देशमा अर्कै शक्ती आउँछ । नेपाली कांग्रेस आँदैन ।   एक वर्ष अघी बजेट लगतै सुजाता कोइरालाले विराटनगरमा बोलेकी थिइन । भिडियोः मोहन मानन्धरको फेसबुकबाट । https://youtu.be/SCDOv-aQ3l4 किन भनिन्  महतलाई विदेशी दलाल  ? पोहोर अर्थमन्त्री थिए महत । सुशील कोइराला नेतृत्वको सरकार थियो । कांग्रेसकै प्रधानमन्त्री, कांग्रेसकै अर्थमन्त्री हुंदापनि गिरिजाप्रसाद कोइरालाको नाममा बनाउने भनिएको अस्पतालका लागि बजेट छुट्टाइदिएनन् । आगो भइन् सुजता । महतसंग ग्रिनकार्ड रहेको चर्चा काफीमात्रामा चलिरहेको थियो । तत्कालिन सामान्यप्रशासन मन्त्री ग्रिनकार्ड र पिआर लिने कर्मचारीविरुद्ध खनिएका थिए । महतलगायतका मन्त्रीमाथिपनि छानबिन हुनुपर्ने आवाज उठीरहेको थियो । आक्रामक स्वभावकी सुजताले त्यही मेसोमा महतमाथि रिस फेरिन् । अहिले महत अर्थमन्त्री विष्णु पौडेलमाथि खनिएका छन् । उनको प्रश्न छ, मदन भण्डारी, पुष्पलालहरुको नाममा बजेट छुट्टाउने, गिरिजाप्रसादलाई भुल्ने ? त्यसैलेपनि सुजताको सो बोली महतका लागि दोहोरो हिसावले घाती बन्ने देखिएको छ ।सुजता कोइराला आफैंपनि जर्मन नागरिकसंग विहे गरी जर्मनीमा लामो समय बसेकी व्यक्ति हुन् । तर, उनले जर्मन नागरिकता वा स्थायी बसोबासको प्रमाणपत्र नलिएको उनको बोलीबाट प्रष्ट हुन्छ । उनकी एउटी छोरीपनि छन् जसको विहे बंगलादेशी मुस्लिम नागरिक रुवेल चौधरीसंग विहे भएको छ ।

nepali congre ramsaran mahat Sujata Koirala

विशेष