विदेश

थाइल्याण्डका बौद्ध भिक्षुहरुनै बन्यजन्तु तस्करीमा

थाइल्याण्डका बौद्ध भिक्षुहरुनै बन्यजन्तु तस्करीमा

 थाइल्याण्डको कन्चनाबुरीस्थित एक बौद्ध स्तुपामा बाघका ४० वटा डमरु मृत फेला परेका छन् ।

स्तुपामा फ्रिजरमा राखेको अवस्थामा मरेका डमरु फेला परेका हुन् । वन्यजन्तुको तस्करी हुने गरेको आशंकामा अधिकारीहरुले स्तुपामा छापा मार्दा सो संख्यामा मृत डमरु फेला परेका हुन् । स्तुपाका अधिकारीहरुमाथि वन्यजन्तुको ओसारपसार तथा तस्करीको आरोप लगाइएको छ ।

प्रहरी र वन्यजन्तु कार्यालयका अधिकारीले कञ्चनाबुरी क्षेत्रमा रहेका स्तुपा र आसपासमा थालेको खोजबिनका क्रममा यसअघि पनि स्तुपाभित्रबाट ४० वटा र बाहिरबाट १ सय ३७ वटा जिउंदा बाघ फेला पारिएको थियो । भिक्षुहरुले भने त्यसमा आफ्नो  संलग्नता नरहेको दाबी गरेका छन् ।

प्रसिद्ध पर्यटकीयस्थल कञ्चनाबुरी क्षेत्र अहिले पर्यटकका लागि बन्द गरिएको छ ।

Tiger in nepal

विशेष