विदेश

आत्मघाती आक्रमणमा नौको मृत्युकाे

आत्मघाती आक्रमणमा नौको मृत्युकाे

 १९ जेठ । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने गजनी सहरमा आत्मघाती आक्रमणकारीको एक समूहले बुधबार प्रान्तीय अदालतलाई लक्ष्यगरी गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ ।   सो आक्रमणमा परी एक न्यायाधीशसहित अन्य १३ जना घाइते भएका प्रान्तीय प्रहरी प्रमुख आमिनुल्लाह ओमारखिलले बताएका छन् ।  स्थानीय समयाअनुसार बुधबार बिहान १०ः३० बजे भएको सो आक्रमणमा चार सर्वसाधारण, चार आक्रमणकारी र एक प्रहरीको मृत्यु भएको ओमारखिलले बताउनु भएको छ ।  यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । उता तालिवान लडाकूले भने यस आक्रमणमा परी ठूलो सङ्ख्यामा अदालतका कर्मचारी मारिएका बताएका छन् ।रासस

Afghanistan suicide bomb War

विशेष