News

एमालेको बल्खु दरबार भत्काउन मात्रै ३१ लाख लाग्ने

एमालेको बल्खु दरबार भत्काउन मात्रै ३१ लाख लाग्ने
काठमाडौँ १९ जेठ नेकपा एमाले कार्यालय व्यवस्थापन कार्यदलले भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित पुरानो कार्यालय भत्काई सफाइ गर्न ठेक्का दिएको छ । umale office कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले बोलपत्रमा प्राप्त आशयको अध्ययन गरी सबैभन्दा बढी रकम रु ३१,००,००१ बोलकबोल गर्ने राम श्रेष्ठ ९ काठमाडौँ–११, माइतीघरलाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गरेको हो । यही ठेकेदारसँग जेठ २१ गतेसम्म नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्झौताका लागि बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

umale partri office balkhu

विशेष