News समाज

पुर्व राजा ज्ञानेन्द्रले गरे शक्तिपीठको दर्शन -(भिडियो सहित )

पुर्व राजा ज्ञानेन्द्रले गरे शक्तिपीठको दर्शन -(भिडियो सहित )
सुनसरी १९ जेठ  पुर्व राजा ज्ञानेन्द्र शाहाले सुनसरी सदरमुकाम इनरुवामा रहेको माँ वैष्णुदेवी भगवती मन्दिरको दर्शन गरेका छन । आज करीव ४ वजे शाहले मन्दिरको दर्शन गरेका हुन । शाहा वङ्शीय राजा विरेन्द्रको आज वङ्स नासभएको दिन पुर्व राजा ज्ञानेन्द्रले सुनसरीमा रहेको भगवती मन्दिरको दर्शन गरेका छन । पुर्व राजा आउने खवरले उत्साहित भएका सर्वसाधारणले शाहको स्वागत भब्यताका साथ गरेका छन् । विभिन्न जातजातीका भेषभुसामा सजिएका सर्वसाधारणले पञ्चेवाजा सहित स्वागत गरेका छन् । सयौँको संख्यामा उपस्थीत सर्वसाधारणले हातमा फुलको गुच्छा बोकी शाहालाई घण्टौ कुरेर वसेका थिए । संसदमा राज संस्थाको पुनर्र स्थापनाको कुरा चलीरहँदा सुनसरीमा राजाहेर्न आएका सयौँ सर्वसाधारणले राजा आउ देश वचाउ नारा लगाएका थिए । जेस्ठ नागरीक देखी वाल वच्चा सम्म शाहलाई स्वागत गर्न लामबद्ध भएर वसेका थिए । सयौँको संख्यामा उपस्थीत रहेको भिड नियन्त्रण गर्न सुरक्षाकर्मिलाई निकै हम्मे हम्मे परेको थियो । पुर्व राजा ज्ञानेन्द्र केही दिनदेखी आफ्नै स्वामित्वमा रहेको झापा स्थीत दमकको हिमालय टिस्टेटमा वस्दै आएका छन् । भिडियो https://youtu.be/lr7NeKaaMPA

purba raja gyanendra pujapathama

विशेष