पर्यटकका लागि नेपाल सुरक्षित, गोसाइकुण्ड पर्यटकको पर्खाइमा

१९ जेठ । गत वर्षको भूकम्पका कारण रसुवा नराम्ररी प्रभावित भयो । पदयात्राका लागि प्रख्यात रसुवामा पर्यटकको चहलपहल ठप्प भयो । लाङटाङ, गोसाईंकुण्ड लगायतका पर्यटकीय स्थल सुनसान बने । एक वर्षपछि भने रसुवाले फेरि उठ्ने जमर्को गरेको छ ।
[caption id="attachment_3709" align="alignnone" width="960"]
तस्विर सोनिका अर्याल[/caption]
गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा मात्रै ६ सय भन्दाबढी मानिसको मृत्यु भयो । पदयात्राका लागि प्रख्यात रसुवा सुनसान भयो । भूकम्प गएको १ वर्ष बितिसक्दा पनि पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र रसुवाको गोसाईंकुण्ड क्षेत्र अझै पहिलेको अबस्थामा फर्कन सकेको छैन ।
[caption id="attachment_3707" align="alignnone" width="960"]
तस्विर सोनिका अर्याल[/caption]
आन्तरिक तथा बाह्य पर्यटकको लागि मुख्य केन्द्र गोसाईंकुण्ड क्षेत्रमा निकै न्यून संख्यामा मात्रै पर्यटक पुग्ने गरेका छन् । गोसार्इंकुण्ड क्षेत्रले पुरानै अवस्थामा फर्कने तयारी गरिरहेको छ । स्थानीयहरु यो क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउन लागि परेका छन् । पदयात्राका लागि पुगेका पर्यटकहरुले पनि गोसाईंकुण्ड सुरक्षित रहेको बताएका छन् ।
[caption id="attachment_3708" align="alignnone" width="960"]
तस्विर सोनिका अर्याल[/caption]
४ हजार ३ सय ८० मिटर उचाईमा रहेको गोसाईंकुण्ड क्षेत्र नेपालको पदयात्रामा निकै रुचाइएको पदमार्ग हो । प्राकृतिक सुन्दरताले भरीपूर्ण यस क्षेत्र नेपालको पदमार्गमा तेस्रो नम्बरमा पर्छ । त्यसो त गोसार्इंकुण्ड क्षेत्र प्राकृतिक सुन्दरताले जति भरीपूर्ण छ, धार्मिक, सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको यस क्षेत्र भूकम्पले क्षतिग्रस्त भए पनि अहिले भने सुरक्षित बनिसकेको छ ।
प्रस्तुतिः तीर्थराज खनाल
Bhukampa
Goshain Kunda
pryatak
Rasuwa


