News

दलहरु सचेत नभए स्थीती नियन्त्रण बाहिर जान सक्ने -परराष्ट्रमन्त्री थापा

दलहरु सचेत नभए स्थीती नियन्त्रण बाहिर जान सक्ने  -परराष्ट्रमन्त्री थापा
हेटौँडा, १९ जेठ। उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले जनतामा राजनीतिक दलप्रति वितृष्णा बढ्दै जाँदा जनता नियन्त्रण बाहिर जाने खतरा बढेको बताएका छन् । kamal thap राप्रपा नेपाल मकवानपुरद्वारा बुधबार कुलेखानीमा आयोजित पार्टीको २ नंं क्षेत्रको अधिवेशनको उद्घाटन गर्दै उनले प्रमुख दलहरुले आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनतामाझ लगेर संस्थागत गर्न सकेमात्र संविधान दिगो हुने उल्लेख गरे । थापाले भने, ‘मुलुकमा अहिले धर्ना, जुलुस र आन्दोलन होइन, दलहरुले संयमका साथ सरकारसँग समन्वय गरी अघि बढ्नुपर्छ । त्यसो नगरिए जनतामा दलहरुप्रति वितृष्ण उत्पन्न भई जनता दलको नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा छ ।’ राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले जनता अहिले विकास निर्माण, आर्थिक समृद्धि र रोजगारीको आशामा रहेकाले उनीहरुलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री पदको प्रतिस्पर्धा होइन, जनताको आर्थिक विकासका लागि दलहरु प्रतिस्पर्धाको मैदान उत्रिनुपर्छ ।’ भेलामा राप्रपाका केन्द्रीय उपाध्यक्ष राजिव पराजुली, केन्द्रीय सदस्यहरु दीपकबहादुर सिंह, मधु अधिकारी, राजाराम बर्तौला र सांसद गणेश थापाले संविधानको सफल कार्यान्वयन र विकासको पूर्वाधारलाई जनताको घरदैलोमा पुर्याउनु पर्ने आवश्यकता भएको औँल्याए । बिहिबारसम्म चल्ने उक्त अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । रासस

kamal thapa dalharu sachet nahuda

विशेष