बिरेन्द्र र ज्ञानेन्द्रका नातिनातिना श्रद्धान्जलीका लागि नारायणहिटी पुगेपछि........

मकुण्डोधारी समुहद्वारा कार्यक्रमको आयोजना (तस्विर र भिडियोसहित)
शब्द / तस्विर : गगन थापा
स्वर्गीय पूर्वराजा विरेन्द्रका नातिनी र पूर्वराजा ज्ञानेन्द्रका नातिनातिनाले दरबारको मूलद्वार अगाडि दरबारहत्याकाण्डमा मारिएका आफन्तप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
दरबार हत्याकाण्ड भएको १५ बर्ष पूरा भएको सन्र्दभमा आयोजित अनौठो किसिमको श्रद्धान्जली कार्यक्रममा स्वर्गीय अधिराजकुमारी श्रुतीका छोरी तथा पूर्वयुवराज पारस र हिमानीका छोराछोरी सहभागी भएका हुन् ।























