News

आफ्नो निर्देशन नमान्ने मन्त्रीलाई अदालतमा उभ्याउने अख्तियारको चेतावनी

आफ्नो निर्देशन नमान्ने मन्त्रीलाई अदालतमा उभ्याउने अख्तियारको चेतावनी
aktiyar काठमाडौं, जेठ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ । छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको छ । स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी नियुक्तिका लागि नयाँ मापदण्ड तय गर्न आयोगले एक महिनाअघि दिएको निर्देशन कार्यान्वयन गर्न मन्त्रीले आनाकानी गर्दै आएका छन् । आयोगले पदाधिकारी नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०६७ सालमा स्थापित नजिर पालना गर्दै उक्त निर्देशन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको थियो । अन्नपूर्णपोष्ट

Aktiyar CIAA

विशेष