नेपाल भएर मानसरोवर नजान आफ्ना नागरिकलाई भारतले दियो निर्देशन
काठमाडौं जेठ २० । नेपाल भएर कैलाश मानसरोवर यात्रामा निस्कने आफ्ना नागरिकका लागि सचेत रहन भन्दै भारतले ट्राभल एडभाइजरी जारी गरेको छ । ट्राभल एडभाइजरी नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय तीर्थालुलाई लक्षित गरेर लैनचौरस्थित भारतीय दूतावासले जारी गरेको हो । मौसममा सुधार हुन अझै समय लाग्ने र त्यहाँ उद्धारका लागि समस्या रहेको भन्दै सचेत रहन सुझाव दिएको ट्राभल एड्भाइजरीमा उल्लेख छ ।
एड्भाइजरीमा ठूलो संख्यामा कैलाश यात्रामा निस्किएका यात्रुले सिमकोट र हिल्सामा खानबस्न समस्या बेहोर्नु परेको उल्लेख छ । पछिल्लो समय छिनछिनमा फेरिने मौसमले हिल्सा–सिमकोटको हेलिकप्टर यात्रा तथा सिमकोट–नेपालगन्ज हवाई यात्रासमेत प्रभावित भएको पनि एड्भाइजरीमा उल्लेख छ ।
India