राजविराजका एक शिक्षकले गरे आत्महत्या

२० जेठ । सप्तरीकाे राजविराज ४ सवर्वाेदय टाेलमा बस्दै अाएका शिक्षक रामकुमार कामैतले अात्महत्या गरेका छन् ।
[caption id="attachment_945" align="alignnone" width="700"]
मृतक कमैत राजविराज - ५ रुपनी राेडस्थित प्रिमियर बोर्डिङ स्कुलमा पढाउँदै अाएका थिए । २८ वर्षीय कामैत जिल्लाकाे हनुमाननगर याेगिनी मार्इ नगरपालिका घर भए पनि उनी वडा नं ४ मा डेरा गरी बस्दै अाइरहेका थिए । कोठामा पङ्खामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुन कारणले आत्महत्या गरेको खुल्न सकेकाे छैन । मृतककाे शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको एक महिना अगाडि विवाह भएको थियो । रासस