News

माओवादीको जम्बो केन्द्रिय समिति केन्द्रिय समितिको संख्या हजार नाघ्यो

माओवादीको जम्बो केन्द्रिय समिति केन्द्रिय समितिको संख्या हजार नाघ्यो
mawoist-baithak-3 काठमाडौं,  जेठ २० । सत्तारुढ नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । केन्द्रीय समितिको निर्णयविपरित माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा ५ सय, पोलिट्ब्युरोमा १ सय ४ र स्थायी समितिमा ३४ जना थपिएका छन् ।  एकता प्रक्रिया सम्पन्न भएको दुई सातापछि माओवादी केन्द्रले केन्द्रीय समितिको निर्णयविपरित आफ्ना सबै संरचना जम्बो बनाएको हो । बिहीबार विहान पेरिसडाँडामा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले महाधिवेशन आयोजक समिति १ हजार ९९ सदस्यीय बनाएको र त्यसमा १ सय जनाको नाम भने टुंगो लाग्न बाँकी रहेको  प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

Maosist Kendra

विशेष