News

निजामती कर्मचारी संगठनको निर्बाचनमा एमाले अगाडी

निजामती कर्मचारी संगठनको निर्बाचनमा एमाले अगाडी

के हो निजामती कर्मचारी संगठन ? पेशागत हक अधिकार प्राप्ति र रक्षाका लागी २०४७ सालमा नेपाल निजामती कर्मचारी संगठनको स्थापना भएको हो । नेपालका निजामती कर्मचारीहरुको सकृय सहभागिताबाट यो संगठन हो अगाडी बढी रहेको छ ।

 

कसरी भयो निर्बाचन ? कर्मचारीहरुको कर्तव्य र दायित्वप्रति बफादार रहि पेशागत हक हितको संरक्षण एवं सर्म्बर्द्धन गर्न,देशको निजामती प्रशासनलाई  सुदृढ, प्रभावकारी एवं गतिशील बनाई नेपाल सरकारलाई सहयोग पुर्याउने,निजामती कर्मचारीहरुमा जनसेवाको भावना विकसित गरी निजामती सेवालाई गरिमामय र सम्मानित सेवाको रुपमा विकसित गराउन, श्रमिक तथा श्रमजिवी पेशाकर्मी पक्षिय टे्रड यूनियन आन्दोलनमा जोड दिने,यी बिबिध माग राख्दै नेपाल निजामती कर्मचारी संगठनको निर्बाचन भएको हो ।

 

कसले कती मत ? निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट निजामति कर्मचारी संगठन पहिलो भएको छ । माओवादी केन्द्र निकट कर्मचारी संगठन भने तेस्रो भएको छ । मन्त्रालय, विभाग र जिल्ला गरी ११७ स्थानमा भएको निर्वाचनमा एमाले निकट कर्मचारी संगठनले ४१ जिल्लासहित ७८ भन्दा बढी स्थानमा जित हासिल गर्दै पहिलो भएको हो ।

 

कांग्रेस निकट निजामति कर्मचारी युनियन (संघ) दोस्रो ऊसले २४ जिल्लामा विजयी हासिल गरेको छ ।माओवादी केन्द्र निकट कर्मचारी संगठनले २ जिल्लामा जीत हात परेको छ । मधेसी दल निकट मधेसी कर्मचारी मञ्च चार जिल्लामा विजयी भएको छ । बुधबार भएको निर्वाचनमा देशभरका कुल ५५ हजार तीन सय २२ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी निजामती कर्मचारीले मतदान गरेका थिए ।जिल्लादेखि केन्द्रसम्म भएको निर्वाचनमा पाएको मतका आधारमा समावेशी किसिमले भागबन्डा गरिने प्रावधान छ ।

 

केन्द्रमा सबैभन्दा बढी मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष दिइनेछ भने दोस्रो मत ल्याउनेलाई महासचिव दिइने व्यवस्था छ । जसअनुसार एमाले निकट संगठनले पाउने पक्का भएको छ । तेस्रो मत ल्याउनेलाई उपाध्यक्ष र चौथो मत ल्याउनेलाई भने सचिव दिइने प्रावधान रहेको छ ।मत परिणामको औपचारिक परिणाम आउन बाँकी छ ।

karmachari unuyan elecation

विशेष