विदेश

पाकिस्तानमा चट्याङबाट तेह्रको मृत्यु, दर्जनौँ घाइते

पाकिस्तानमा चट्याङबाट तेह्रको मृत्यु, दर्जनौँ घाइते

जेठ  २० । पाकिस्तानको राजधानी इस्लामावाद र उत्तरपश्चिमी राज्य खैबरमा चट्याङका कारण बुधबार १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले बताएका छन् ।

chattyang

बुधबारको भीषण वर्षा र यसपछिको चट्याङमा परी अरू दर्जनौँ व्यक्ति सख्त घाइते भएको बताइएको छ । खैबर क्षेत्रको लगभग बाहिरी भागको विभिन्न स्थानमा बुधबार दिउँसोको भीषण वर्षा र चट्याङबाट सो दुर्घटना भएको हो । त्यस दुर्घटनामा परी घाइते भएका कैयौँ व्यक्तिलाई अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको समा समाचार समितिले दिएको जानकारीअनुसार चट्याङबाट बुधबार राति पनि ठूलो क्षति पुगेको बताइएको छ । यसका कारण रुख ढलेका छन् भने पार्किङ गरी राखिएका दर्जनौँ सवारी साधन पनि ध्वस्त भएका छन् ।

चट्याङ्बाट इस्लामावादमा तीन र खैबरमा १० जनाको ज्यान गएको छ । उक्त राज्यका विभिन्न भागमा मेघगर्जनसहित विगत दुई दिनदेखि अविरल वर्षा भइरहेको र आगामी २४ घण्टा मौसममा सुधार नआउने बताइएको छ । पाकिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो समयमा भीषण वर्षाले गर्दा नराम्रो क्षति पुर्याएका समाचारहरु आउने गरेका छन् । रासस

Chatayan Islamabadh Pakistan

विशेष