News

मन्त्रिपरिषदभित्रै विवाद

मन्त्रिपरिषदभित्रै विवाद
shihsdarwar काठमाडौं जेठ २१ । सत्तागठबन्धनका दुई प्रमुख दल एमाले–एमाओवादीबीच दूरी बढ्दै जान थालेको छ । भद्र सहमतिको विषयमा अन्तर्विरोध चलिरहेका वेला बिहीबार मन्त्रिपरिषद् बैठकमा माओवादीका मन्त्रीहरू अनुपस्थित रहे । बिहीबारको बैठक डेढ घन्टा ढिलो सुरु भएको थियो । माओवादीका सातजना मन्त्री अनुपस्थित रहे पनि सिंचाइमन्त्री उमेश यादव भने बैठककै बीचमा अचानक पुगेका थिए । यादव १७ जेठमा गृहजिल्ला सप्तरी गएका थिए । बिहीबार बिहान काठमाडौं आएका उनी सीधै सिंहदरबार पुगेका थिए । तर, माओवादी मन्त्रीहरू अनुपस्थित रहेपछि मन्त्रिपरिषद्ले खासै निर्णय गर्न सकेन । माओवादी केन्द्रका मन्त्री भन्छन् । मन्त्रिपरिषद् बैठक र हाम्रो पार्टीको पोलिटब्युरो बैठक एकै समयमा जुधेका कारण हामी मन्त्रिपरिषद्को बैठकमा जान नसकेका हौँ ।

Ministry Of nepal

विशेष