News

मोर्चाले पायो १० दिन पछि सरकारको पत्र

मोर्चाले पायो १० दिन पछि सरकारको पत्र
morcha काठमाडौं जेष्ठ २१, प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई वार्ता आहवानसहित पठाएको विशेष पत्र आन्दोलनकारी नेताले बिहीबारमात्रै पाएका छन् । ओलीले जेठ १० गते लेखेको पत्र बिहीबार तमलोपा कार्यालयमा पुगेको हो । तमलोपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दा बोल्दै प्रधानमन्त्री कार्यालयका कर्मचारीले पत्र छाडेर गएको मोर्चा स्रोतले बतायो । अघिल्लो पटक मोर्चा आबद्ध दललाई छुट्टा छुटटै पत्र पठाएका ओलीले पठाएको पत्र मोर्चा कहा पुग्न कसरी १० दिन लाग्यो भन्ने जिज्ञासा मोर्चा नेताहरुले व्यक्त गरेका छन । सञ्चारमन्त्री शेरधन राईले भने बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सुनाउने क्रममा आफूले नै मोर्चा नेताको घर घरमा पुगेर चिठी बुझाएको दाबी गरेका थिए ।

Morcha

विशेष