
काठमाडौं २१ जेठ । आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको केही जिल्लामा प्रभाव परेको छ । माओवादीले मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्युरो बन्दको घोषणा गरेको हो । पश्चिम ताम्सालिङमा चितवन, धादिङ, रसुवा र नुवाकोट पर्छ ।
महानगरीय ट्राफिक प्रहरीका अनुसार पृथ्वीराजमार्ग हुदै चितवनतर्फ जाने तथा आउने सवारी साधनलाई नेपाल प्रहरीले स्कर्टिङ्ग गरी गन्तव्य स्थानतर्फ पठाइरहेको छ । धादिङ, रसुवा र नुवाकोट जिल्लाका सदरमुकाम तर्फका लागि भने नयाँबसपार्कबाटै सवारी साधनहरु नछुटेको ट्राफिक प्रहरी प्रभाग नयाँबसपार्कले जानकारी दिएको छ ।
Biplav Maobadi