विदेश News

बाबु–आमाको सजाय घना जंगलमा छोडिदिए ७ वर्षे छोरालाई

बाबु–आमाको सजाय घना जंगलमा छोडिदिए ७ वर्षे छोरालाई

Japan जेठ २१ । जापानको ग्रामिण क्षेत्रमा गत शनिबारबाट हराइरहेका बालक यामाटो टानोका उत्तरी होकाइडोस्थित सिकावे नजिकैको सैनिक ब्यारेकमा फेला परेका छन् । उनलाई यसअघि बाबु आमाले सजाय दिनका लागि जंगलमा छाडेका थिए । उनलाई जहाँ छाडिएको थियो त्यसको केही किलोमिटर पर उनी सैनिक ब्यारेकमा बसे ।

७ वर्षका यामाटो हराएको भन्दै बाबुआमाले प्रहरीमा उजुरी गरेका थिए । तर उनीहरुले पछि यामाटाले चकचक गरेपछि उनलाई तर्साउनका लागि जंगलमा लगेर छाडेको र उनी गायब भएको बताए । यामाटोका बाबुले आफ्ना छोरा तथा उद्धारकर्तासँग क्षमा माग्दै आफूले गलत गरेको बताएका छन् । ‘मैले अति नै गरेँ । मेरो व्यवहारका कारण छोराले दुःखलाग्दो समय व्यतित गर्नुपर्यो ।’

Japan

स्वास्थ्य परिक्षणका लागि यामाटोलाई हाकोडेट अस्पताल लैजाँदा बाबु टाकायूकी टानोकाले भनेका छन् । ‘म यस उद्धार कार्यमा संलग्न टोली तथा उनको विद्यालयका शिक्षकहरु समक्ष समस्या सिर्जना गरेकोमा क्षमा माग्छु ।’– बाबु टाकायूकीले भनेका छन् । उनले छोराको निकै माया लाग्ने भन्दै अब छोरालाई कहिल्यै सजाय नदिने बताएका छन् । ६ दिनसम्म जंगलमा बेपत्ता भएका यामाटो जीवित छन् भन्ने अनुमान कसैले गरेका थिएनन् ।

शुक्रबार बिहान उनी सेनाको बेसक्याम्पस्थित भवनमा फेला परे । बाबु टाकायूकीले छाडेको ठाउँबाट ४ किलोमिटर पर यामाटो भेटिएका थिए । ‘हाम्रा एक सैनिकले ढोकामा ड्रिल गर्नका लागि तयारी गरेका थिए । उनले ढोका खोल्दा यि बालक त्यहाँ थिए,’ एक सैनिकले जापानको राष्ट्रिय टेलिभिजन एनएचकेसँग भनेका छन् । ‘जब उनले के तिमी यामाटो हौँ भनेर सोधे तब बच्चाले हो भन्ने जवाफ फर्काए ।

उनी निकै भोका थिए र उनलाई पानी, पाउटोरी र खाना दिइयो,’ एनएचकेसँग कुरा गर्दै ति सैनिकले बास बस्ने ठाउँ नभेटेसम्म ति बालक पहाड चढ्दै हिँडेको बताएका छन् । सैनिक बेस क्याम्पमा पुगेपछि उनलाई सैनिकहरुले हेलिकोप्टरमा उपचारका लागि अस्पताल लगेका थिए । उनलाई सामान्य चोटपटक लागेको छ र स्वास्थ्य स्थिती खास नराम्रो छैन् । सूरुआतमा यामाटोका बाबु आमाले उनी तरकारी खोज्दै गर्दा हराएको बताएका थिए । पछि बाबु टाकायूकीले चकचके स्वभावका यामाटोलाई तर्साउनका लागि केही समय जंगल नजिकैको सडकमा छाडेर र उनी गायब भएको बताए ।

Japan

यसअघि यामाटोका बाबुले आफूले समस्या सिर्जना गरेको भन्दै सञ्चारमाध्यममार्फत माफी मागेका थिए । प्रहरीले यामाटोका बाबुआमालाई गैरजिम्मेवारीको केस चलाउन सकिने बताएको छ ।

Japan

विशेष