
काठमाडौं, २१ जेठ
वरिष्ठ संगीतकार अम्बर गुरुङ गम्भीर बिरामी भई धापासीस्थित ग्राण्डी अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन् । गुरुङका छोरा राजुले बुबाको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि गएराती साढे एक बजेदेखि भेन्टिलेटरमा सारिएको जानकारी दिए ।
गुरुङको फोक्सोमा पानी जमेको कारणले श्वासप्रश्वासमा समस्या देखिएको चिकित्सकको भनाई रहेको छोराले बताए । राष्ट्रिय गानका संगीतकारसमेत रहेका गुरुङ लामो समयदेखि अस्वस्थ्य थिए ।
गुरुङको स्वास्थ्य अवस्था बुझ्न सूचना तथा सञ्चारमन्त्री शेरधन राई अस्पताल पुगेका छन् । अस्पतालको प्राङ्गणमा अपरान्ह ५ बजे स्वास्थ्य लाभको कामना गर्दै प्राथना सभा राखिने कार्यक्रम रहेको कुरा साहित्यकार प्रकाश सायमीले नेपाल आजलाई बताए ।
Amar Gurung
Nepali Musician
ब