News

सरकार परिवर्तन चर्चा हल्ला मात्र – उपप्रधानमन्त्री थापा

सरकार परिवर्तन चर्चा हल्ला मात्र – उपप्रधानमन्त्री थापा
जेठ - २१, उपप्रधानमन्त्री कमल थापाले सरकारको स्थायित्वमाथि कुनै प्रश्नचिह्न नरहेकाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । [caption id="attachment_3739" align="alignnone" width="770"]File Photo File Photo[/caption] विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रिय सहमतिको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बारम्बार भन्दै आइरहेकाले त्यही प्रसङ्गलाई जोड्दै सरकार परिवर्तनको विषयमा बढी हल्ला र चर्चा परिचर्चा भइरहेको स्पष्ट पारे । प्रधानमन्त्रीसँग तत्कालीन एमाओवादी पार्टीसँग भएको तीनबुँदे वा भद्र सहमतिको विषयमा आफू र आफ्ना पार्टीलाई कुनै जानकारी नरहेको जानकारी गराउँदै उनले भने – “प्रधानमन्त्रीजीले मन्त्रिपरिषद् र सार्वजनिकस्थलमा पटक पटक त्यस्तो सहमति नभएको सम्बन्धमा प्रष्टोेक्ति दिइसक्नुभएको छ ।” मुलुकको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धनको सरकार आवश्यक रहेको चर्चा गर्दै उनले आगामी निर्वाचनसम्म वर्तमान सरकारलाई टिकाइराख्नु पर्ने धारणा राखे । सरकार गठन भएको सात÷आठ महिनामै सरकार परिवर्तन गरिहाल्नुपर्ने कुनै घरातलीय सङ्कट नदेखिएको प्रसङ्ग उल्लेख गर्दै उनले यस्तो भयो भने संविधानको औचित्य र भविष्यमाथि प्रश्न खडा हुनसक्ने भएकाले माओवादी र काँग्रेसलगायत सबै दललाई यस्तो खेलमा नलाग्न आह्वान गरे । उनले स्थानीय निकायका साथै अन्य निर्वाचनका लागि पनि बजेटको व्यवस्था रहेकाले स्थानीय निकायको निर्वाचनका लागि सबै दललाई सकारात्मक हुनुपर्ने धारणा प्रकट गरे । पत्रकारको जिज्ञासामा उनले मेरो कारणले मधेसी मोर्चासँग वार्ता अवरुद्ध भएको छ भने आफू वार्ता समितिको संयोजकबाट राजीनामा गर्न तयार रहेको जानकारी गराए । रासस 

Biratnagar kamal Thapa Nepali Politics

विशेष