News समाज

गृह र सामान्य प्रशासन मन्त्रालयबीच मतान्तर

गृह र सामान्य प्रशासन मन्त्रालयबीच मतान्तर
जेठ- २१, माअाेवादीका नेतृत्वमा रहेकाे गृहमन्त्रालय र सामान्य प्रशासन मन्त्रालयबीच कर्मचारी सरुवाकाे विषयलार्इ लिएर मतान्तर देखिएकाे छ । Griha and Samanny सामान्य प्रशासन मन्त्रालयलार्इृ कुनै जानकारी नदिइ गृहले कर्मचारीकाे सरुवा गरे पछि दुबै मन्त्रालयबिच मतान्तर अाएकाे हाे । यस विषयमा संसदकाे राज्य व्यवस्था समितिले गृहमन्त्रीसंग छलफल गर्ने बताएकाे छ । शुक्रबार सामान्य प्रशासन मन्त्री रेखा शर्माले व्यवस्थापिका समितिलार्इ कर्मचारी सरुवा प्रकरणा बारे जानकारी गराएकी थिइन् । ‘केही दिनअघि गृह मन्त्रालयले ५१ जना कर्मचारीको सरुवा गरेको कुरा बाहिर आएको छ, मन्त्री शर्माले समितिमा भनिन्, ‘यस विषयमा मलाई औपचारिकरुपमा अहिलेसम्म कुनै जानकारी छैन ।’ गृहमन्त्रालयले सामान्य प्रशासनको सहमति नै नलिई सरुवा गर्ने र पछिमात्रै सहमति माग्ने गरेको मन्त्री शर्माले अाराेप लगाइन् । स्थानीय विकास अधिकारीको सरुवा प्रस्ताव रोक्ने सामान्य प्रशासन मन्त्रालयले गृहले गरेको सरुवा किन नरोकेको भन्दै सांसदहरुले मन्त्री शर्मालाई प्रश्न सोधेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले सीडिओको सरुवाबारे गृहले आफूलाई औपचारिक जानकारी नै नदिएको बताइन् । सुरक्षा सम्वेदनशीताका कारण गृहमन्त्रालयले कतिपय अवस्थामा तुरुन्तै सरुवा गर्नुपर्ने भएकाले यस्तो अवस्थामा सामान्य प्रशासनबाट पूर्वसहमति लिनु व्यवहारिक नहुने भएकाले पहिले सरुवा गरेर पछि सहमति लिने प्रचलन रहेको मन्त्री बस्नेतले बताए ।

Griha Mantralay Rekha Sharma Samanya Mantralay

विशेष