News

प्रधानमन्त्री भए मूकम्पपीडितलार्इ पाँच लाख दिन्छु: प्रचण्ड

प्रधानमन्त्री भए मूकम्पपीडितलार्इ पाँच लाख दिन्छु: प्रचण्ड

जेठ - २१ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाेलखाकाे एक कार्यक्रममा आफूले सरकारको नेतृत्व गर्न पाए भूकम्पपीडितलाई घर बनाउन पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दोलखाको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा पुगेमा भूकम्पपीडितलाई घर बनाउन प्रतिपरिवार पाँच लाख रुपैयाँ अनुदान दिने बताएका हुन् । ‘भूकम्पपीडितलाई घर बनाउन पाँच लाख दिनैपर्छ, र अरु रकम पनि निव्र्याजी ऋणमा दिनुपर्छ’, उनले भने, ‘अहिले दिने भनिएको तीन लाख निव्र्याजी ऋण पनि हाम्रै पहलमा भएको हो ।’ अहिले दिन थालिएको तीन लाखलाई पनि अनुदानमा रुपान्तरण गर्नुपर्ने बताउँदै प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था भएमा मात्रै आफू प्रधानमन्त्री बन्ने बताए । 

Dolkha Maobadi Kendra Prachanda

विशेष