News

बाबुराम भट्टराईले विज्ञापनमा अभिनय गरे, नयां शक्तिको नयां शैली

बाबुराम भट्टराईले विज्ञापनमा अभिनय गरे, नयां शक्तिको नयां शैली
नयां शक्तिका संयोजक बाबुराम भट्टराईले विज्ञापनमा भुमिका निर्वाह गरेका छन् । तर, विज्ञापन व्यापारिक प्रयोजनका लागि होइन । नयां शक्ति किन भन्ने भिडियो विज्ञापनमा उनले अभिनय गरेका हुन् । [embed][/embed] उनले अभिनयका लागि निकै मेहनत गरेको देखिन्छ । गम्भीर मुद्राबाट उनी मुस्कानमय हुंदै गएको देखिन्छन् । सम्बृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नाराका साथ विज्ञापन तयार पारिएको हो । जेठ ३० गते दशरथ रंगशालाबाट पार्टी घोषणा गर्न लागेका भट्टराईले पार्टीमा आउनका लागि सार्वजनिक आह्वान गरेका हुन् । प्रमुख नेताले अभिनय नै गरेर भिडियो विज्ञापन बनाएको सम्भवतः यो पहिलो घटना हो । भट्टराई मिडिया ह्याण्डलिङमा अरु नेताभन्दा अगाडि रहदै आएका छन् ।

baburam bhattarai Nayashakti

विशेष