कतारकाे श्रमिक शिविरमा आगलागी ११, को मृत्यु, १२ घाइते

जेठ - २१, कतारमा श्रमिकहरु बस्ने एक शिविरमा आगलागी हुंदा ११ जनाको मृत्यु भएको छ ।
[caption id="attachment_1980" align="alignnone" width="814"]
File Photo[/caption]
आप्रवासी श्रमिक बस्ने शिविरमा आगलागी भएको हो । आगलागीका कारण अन्य १२ जना घाइते भएका छन् । मृतकहरु कुन देशका हुन् भन्ने खुलेको छैन । घटनाको कारण खोज्ने र मृतकहरुको पहिचान गर्ने काम भइरहेको त्यहांको गृहमन्त्रालयले जनाएको छ । नेपाली परे नपरेकाे केही खबर प्राप्त भएकाे छैन ।
Fire
Nepal Embassy Qatar
Qatar
