News

काठमाडाैं–पोखरा छिट्टै रेल घुइँकिन्छ : प्रधानमन्त्री अाेली

काठमाडाैं–पोखरा छिट्टै रेल घुइँकिन्छ  : प्रधानमन्त्री अाेली
जेठ - २१, नेपाल अडिटर्स एसोसिएसन (अडान) को चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन अवसरमा प्रधानमन्त्रीले अबको केही समयपछि काठमाडाैं–पोखरा रेल सञ्चालन गरिने र त्यसका लागि तत्कालै कार्यक्रम सुरु गरिने बताएका छन् । CPN-UML Chairman KP Sharma Oli presents his nomination to the prime ministerial election, at the Parliament meeting in Kathmandu, on Sunday, October 11, 2015. Photo: RSS   “आलोचना गर्ने गरिरहून्, देश अब गरिब रहन सक्दैन । सडक रेलजस्ता पूर्वाधारलाई द्रुतगतिमा अघि बढाइन्छ, छिट्टै रेल घुइँकिन्छ । यहाँ प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ, दक्ष युवा विदेश पलायन भइरहेका छन्, चाँडै उनीहरुलाई स्वदेश फर्कने वातावरण बनाएरै छाड्छौँ,”– उनले भने । प्रधानमन्त्री ओलीले समुन्नत समाज र आर्थिक अनुशासन कायम गर्न अडिटर्स एसोसिएसनको महत्वपूर्ण भूमिका हुने भन्दै देश विकासमा जिम्मेवारपूर्वक लाग्न आग्रह गरे । कार्यक्रममा नेपाल चार्टर एकाउन्टेन्ड संस्थाका अध्यक्ष प्रकाश लम्सालले लेखा परीक्षण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन नीतिगत व्यवस्थाको खाँचो औँल्याए । अडानका अध्यक्ष मोहनराज रेग्मीले उचित ऐनको अभावले पेसालाई व्यवस्थित र सुरक्षित बनाउन कठिनाइ उत्पन्न भएको बताए । त्यस अवसरमा संस्थाले लेखापरीक्षण व्यवसायमा विद्यावारिधि गर्ने डा जानकीकुमारी तुलाधरलाई सम्मान गरिएको थियो । रासस 

ADAN KP Sharma Oli UML Nepal

विशेष