News

सांसद कोषको रकम बालुवामा पानी

सांसद कोषको रकम बालुवामा पानी

सांसदले निर्वाचन क्षेत्र विकास कोषका नाममा पाउने रकम कार्यकर्ता खुसी पार्न जथाभावी खर्च गरेको पाइएको छ । आलोचित बन्दै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि सांसदले पेस गरेका योजनाहरू विगतभन्दा खासै भिन्न छैनन् । एउटा प्रत्यक्ष निर्वाचिचत भएको सांसदले वर्षमा १ करोड ७० लाखका योजना आफ्नो निर्वाचन क्षेत्रमा वितरण गर्न पाउँछ ।

समानुपातिककाले २० लाखमात्र पाउने गरेका छन् । यो रकम एकमुष्ट कुनै योजनामा लगाउने हो भने धेरै ठूलो योजना सम्पन्न हुन्छ । तर सांसदहरू हरेक वर्ष कनिका छरेझैं रकम कार्यकर्ताको चित्त बुझाउन छर्ने गरेका छन् ।

यो वर्षका लागि अधिकांश सांसदले सम्झौता गरिसकेका छन् । प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, स्थानीय विकास अधिकारी, जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर, सडक कार्यालयको प्रमुखसहितको समितिले योजना छनोट गर्छ । त्यस क्षेत्रका नगरपालिकाका कार्यकारी प्रमुख पनि सदस्य रहने व्यवस्था छ । डेढ करोडबाट आफ्नो क्षेत्रमा भोतिक पूर्वाधार निर्माणका लागि कम्तीमा ७ लाखसम्मका बढीमा १५ वटा योजनामात्र छनोट गर्न पाउने व्यवस्था छ । यसमा ५० प्रतिशत रकम मात्र भौतिक पूर्वाधारमा लगाउनुपर्ने र ५० प्रतिशत आयमूलक र सीपमूलक तालिम र अन्य सामान किन्नसमेत पाइने हु‌‍दा यो रकमको बढी दुरुपयोग हुने गरेको छ । कान्तिपुर दैनिक

Budget Samsad

विशेष