भूमध्यसागरमा आप्रवासी बोकेको डुंगा डूब्यो
काठमाडौं, २२ जेठ । भूमध्यसागरमा करीब सात सय आप्रवासी बोकेको एउटा डुंगा डूबेको छ । डुंगामा रहेका मध्ये ३४० जनालाई उद्दार गरे पनि अन्यको अवस्था अज्ञात रहेको छ । समुन्द्रबाट नौं वटा शव पनि निकालिएको खबर छ ।
करिब सात सय मानिस चढेको अनुमान गरिएको उक्त डुंगा ग्रीसको क्रेट द्वीपको दक्षिण ७५ माइल टाढा फेला परेको हो । हवाइजहाज, पानी जहाज र हेलिकेप्टरको सहायतामा खोजी र उद्दारको काम भइरहेको छ । यी आप्रवासी अफ्रिकाबाट आएका हुनसक्ने अनुमान गरिएको छ ।
अर्को यस्तै घटनामा लीबियाको समुन्द्र किनाराबाट एक सय जनाको शव बरामद गरिएको समाचार संस्था एपीले जनाएको छ । सन् २०१६ मा मात्र यूरोप छिर्ने प्रयास गर्दा २५ सयभन्दा बढी आप्रवासीले ज्यान गुमाउनु परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
Aprabasio
Maigration