नेपाल आतंकवादीको अखडा बन्न सक्छ
काठमाडौं जेठ २२ । अमेरिकी विदेश मन्त्रालयले नेपाल कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूको क्रिडास्थल बन्न सक्ने चेतावनी दिएको छ । विश्वका विभिन्न मुलुकमा भइरहेको आतंकवादी समस्याको सम्बन्धमा शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ
‘भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकवादीहरूको क्रिडास्थल बन्न सक्छ रिपोर्टमा भनिएको छ– ‘अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपालको कमजोर सुरक्षा प्रणालीबाट फाइदा उठाएर उनीहरूले नेपाललाई ट्रान्जिट प्वाइन्ट मात्र नबनाई क्रिडास्थल नै बनाउने खतरा बढेर गएको छ ।’
नेपालमा आतंकवादविरुद्धको कानुन नै अहिलेसम्म बन्न नसकेको र भारतीय सीमामा परिचालित सुरक्षा फौजसमेत प्रभावकारी नभएको भन्दै रिपोर्टमा नेपाल प्रहरीसँग आतंकवादसँग लड्ने सानो संयन्त्र भए पनि यसले प्रभावकारी भूमिका खेल्नेमा अमेरिकाले शंका व्यक्त गरेको छ ।
नेपालको सुरक्षा निकायमा आधुनिकता प्रवेश गर्न नसक्दा आतंकवादी संगठनले त्यसको फाइदा उठाएर नेपाललाई आफ्नो क्रिडास्थल बनाउन सक्नेतर्फ रिपोर्टमा सचेत गराइएको छ ।
State Department