News

एमालेको स्थायी समिति बैठक आज

एमालेको स्थायी समिति बैठक आज

nekapa eamalee काठमाडौं, जेठ २२ । सत्तारुढ दल नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा विहान ११ बजे बस्ने बैठक पार्टीको आन्तरिक विवादबारे केन्द्रित हुने बताइएको छ । सरकार परिवर्तनबारे भएको भनिएको भद्र सहमतिलाई लिएर पछिल्लो समय पार्टीका शीर्ष नेताहरुबीच सार्वजनिक रुपमै टिकाटिप्पणी बढेपछि छलफलका लागि बैठक बोलाइएको हो ।

सरकार परिवर्तनको भद्र सहमतिलाई लिएर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता झलनाथ खानल सार्वजनिक रुपमै टिकाटिप्पणीमा उत्रिएका छन् । प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको कुनै भ्रद सहमति नभएको दावी गरिरहँदा वरिष्ठ नेता खनालले भने आफू स्वयम त्यसको साक्षी रहेको भन्दै सरकार परिवर्तनको बेला आएको टिप्पणी गर्दै आउनुभएको छ । बैठकमा सरकार परिवर्तनबारे शीर्ष नेताहरुको सार्वजनिक अभिव्यक्तिबारे छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

UML Baithak

विशेष