खेल News

फिफाका अधिकारीहरुको मानोमानी आपसमा बाडे ५५ मिलियन युरो

फिफाका अधिकारीहरुको मानोमानी आपसमा बाडे ५५ मिलियन युरो

जेठ २१ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आफ्ना पूर्व उच्च पदस्थ व्यक्तिले एक आपशमा सम्मान स्वरुप ५५ मिलियन युरो बाँडेको फिफाले खुलाशा गरेको छ । फिफका वकिलले पूर्व अध्यक्ष सेफ ब्लाटर, महासचिव जिरोमि भाल्के र फाइन्यान्स डिरेक्टर मार्कुश काट्नरले विगतमा आफूखुशी बोनश र सम्मान स्वरुप उक्त रकम बाँडेको बताएका छन् ।

गत बिहीबार कार्टटरको पुरानो अफिसमा छापा मारेको फिफाको आन्तरिक छानविन समितिले त्यहाँ भएको आवश्यक कागजपत्र र इलेक्ट्रोनिक डाटा जफत गरेको थियो । उनीहरुले सन् २०११ देखि २०१५ सम्म आपसी समझदारीमा गोप्य तरिकाका उक्त रकम बाँडेका थिए । फिफाको इथिक्स कमिटीले कमजोर व्यवस्थापन र रकममा अनियमितता गरेको भन्दै ब्लाटर र भाल्केलाई क्रमश ६ र १२ वर्षको प्रतिबन्ध लगाएको थियो ।

Fifa football

विशेष