बालिकालार्इ जबरर्जस्ती करणाी उद्याेगमा पाँच वर्ष जेल चलान

जेठ - २२, जिल्ला अदालत गुल्मीले नाै वर्षीय बालिकालार्इ जबरर्जस्ती करणाी उद्याेग ठहर गर्दै वामी गाविस ७ का गम्बर सिहं छन्त्याललार्इ पांँच वर्षकाे जेल सजाय ताेकेकाे छ ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार उक्त सजाय तोकेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विरही मौर्यले जानकारी दिएका छन् ।
आरोपित छन्त्यालले २०७२ वैशाख ३० गते बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले छन्याललाई जेठ २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि छन्त्याल पुर्पक्षको लागि जिल्ला कारागार गुल्मीमा चलान भएका थिए ।
Arrest
Gulmi
Jail
