आफन्त, मित्र र सहयोगीका नजरमा अम्बर !

सागर बुढाथोकी
जेठ २२, नेपाली सांगीतिक क्षेत्रलाई शिखरमा पुर्यौउन अम्बर गुरुङको अतुलनिय योगदान रहेको छ । गुरुङ अहिले अस्पतालमा मृत्युसंग जुंधिरहेका छन् । उनको स्वास्थ्यलाई लिएर सारा नेपाली चिन्तित छन् । उनका शुभचिन्तक तथा आफन्तहरुलाई झनै चिन्ता छ । देश तथा बिदेशका बिभिन्न ठाउंमा उनका सुभेच्छुक र आफन्तले स्वाश्थ्यलाभको कामना गर्दै विभिन्न कार्यक्रम गरिरहेका छन् । उनको स्वाश्थ्य अवश्था बुझ्नका संगीतप्रेमी अस्पताल पुग्ने गरेका छन् । शनिबार सबेरै शरुभक्त पुगेका थिए ।
धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालमा आई सी यु मा सरु भक्तले अम्बर गुरुङलाई भेटेपछि उहाँको स्वास्थ्य अबस्थाको जानकारी दिनुहुदै । कस्तो छ उहाको स्वास्थ्य अवस्था (भिडियो)
[embed]https://youtu.be/7P5HkWWZQOg[/embed]
साहित्यकार सरु भक्त श्रेष्ठ
नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रथम कुलपति अम्बर गुरुङ हुन् । उनका उत्तराधिकारी हुन् सरुभक्त । उनीहरुको भेट विक्रमसम्बत तीसको दशकमा भएको हो । उनी अम्बरलाई आफ्नो प्रेरणाको स्रोत मान्दछन् । सरुभक्त भन्छन्, ‘अम्बर गुरुङजस्तो बहुआयामिक व्यक्तित्व कमै छन् ।’ उनको नजरमा अम्बर गुरुङ नेपाली सांगीतिक क्षेत्रमा कहिल्यै नमर्ने नाम हो । सरुभक्तसंग अम्बर गुरुङ्को जिवनका बिबिध पाटाहरुमा केन्द्रीत रहि गरिएको कुराकानी यो लिंकमा हेर्न सक्नुहुन्छ ।
[embed]https://youtu.be/uw2kziUJEEE[/embed]
बिना गुरुङ
बिना गुरुङ अहिले चिन्ताको चाङमा उभिएकी छन् । जीबनसाथी अम्बर मृत्युसंग पैठेजोरी गरिरहेका छन् । उनी हरक्षण कामना गरिरहेकी छन्, ‘जित अम्बरकै हुनेछ ।’ अम्बरप्रति जनस्तरबाट देखिएको माया उनको दुःख साट्ने माध्यम बनेको छ । उनी अम्बरको स्वाश्थ्यलाभ गर्ने सबैप्रति अनुग्रहित छन् ।
[embed]https://youtu.be/cUfOCMKzLY0[/embed]
किशोर गुरुङ
अम्बर गुरुङको जेठो छोरा हुन् किशोर । अम्बर सांगीतिक क्षेत्रमा धेरैका गुरुबा हुन् । अम्बरलाई बुबाजस्तै श्रद्धा गर्नेहरुको कमी छैन । रगतले छोरा किशोरलाई भावनात्मकरुपमा अम्बरलाई पितातुल्य मान्नेहरुले साथ दिएका छन्
[embed]https://youtu.be/YX_5skGwf30[/embed]
अलका गुरुङ
अम्बर गुरुङकी छोरी हुन् अलका गुरुङ । बुबा बिरामी भएदेखि उनी अस्पतालमै छटपटाइरहेकी देखिन्छिन् । छोरीका नजरमा अम्बर को भनि हामीले अलकालाई सोधेका थियौं ।
[embed]https://youtu.be/ylMadMNj1ZU[/embed]
रतन चन्द
रतन चन्द अम्बर गुरुङका सहयोगी हुन । बिगत २ बर्ष देखी उनले अम्बर गुरुङको हेरचाह गर्दै आईरहेका छन । सांगीतिक क्षेत्रका शिखर व्यक्तित्वसंग जीबनको उत्तरार्धमा संगत गर्न पाएका रतन चन्द आफुलाई भाग्यमानी सम्झन्छन् । अम्बरको भित्री चाहना र योजना बुझेका उनीसंग हामीले अम्बरको पछिल्लो समयका बारेमा बुझ्ने प्रयास गरेका छौं ।
अमर निष्ठाले बांचे । जीबनको अन्तिम समयसम्म उनी सांगीतिक क्षेत्रमै व्यस्त रहने ईच्छा व्यक्त गर्छन् । उनी अस्पतालबाट मृत्युलाई जितेर धेरैपटक फर्केका छन् । र, सांगीतिक क्षेत्रमा पुनः सक्रिय हुने गरेका छन् । यो क्रम नरोकियोस् । अम्बरका लागि कामना गरौं ।
[embed]https://youtu.be/LfcwUK3RDoM[/embed]
धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालमा अम्बर गुरुङलाई भेट्न आएका उहाँको आफन्त जन तथा शुभचिन्तकहरु फोटो फिचर
[caption id="attachment_4333" align="aligncenter" width="488"]
अम्बर गुरुङको सिघ्र स्वास्थ्य लाभको कामनाको लागि तयार पारिएको फोटो । फोटो: मिलन गुरागाईं[/caption]
[caption id="attachment_4357" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङको स्वाथ्य लाभको कामना गर्दै गरिएको पूजा[/caption]
[caption id="attachment_4325" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङकी श्रीमती बिना गुरुङ । फोटो: मिलन गुरागाईं[/caption]
[caption id="attachment_4326" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङकी छोरी अल्का गुरुङ । फोटो: मिलन गुरागाईं[/caption]
[caption id="attachment_4327" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङको परिवार, छोरा किशोर गुरुङ, नातिनी, छोरी अल्का गुरुङ, ज्वाईको साथमा श्रीमती बिना गुरुङ । फोटो: मिलन गुरागाईं[/caption]
[caption id="attachment_4328" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङको परिवार, छोरा किशोर गुरुङ, नातिनी, छोरी अल्का गुरुङ, ज्वाई । फोटो: मिलन गुरागाईं[/caption]
[caption id="attachment_4322" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङलाई भेट्न पुगेका साहित्यकार सरु भक्त श्रेष्ठ । फोटो: मिलन गुरागाईं[/caption]
[caption id="attachment_4324" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङको सहयोगी रतन चन्द । फोटो: मिलन गुरागाईं[/caption]
[caption id="attachment_4321" align="aligncenter" width="750"]
ग्राण्डि आस्पतालमा अम्बर गुरुङकोसहयोगी रघु थापा । फोटो: मिलन गुरागाईं[/caption]
ambar gurung
grande hospital
Health
interview
nepali music
nepali sangit
saru bhakta








