News

अबैधानिक रुपमा वाइसीएलको नगर सम्मेलन

अबैधानिक रुपमा वाइसीएलको नगर सम्मेलन

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वाइसीएलको गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यमा नगर सम्मेलन गरेकाे छ ।  माओबादी केन्द्रको आवधारण बिपरित गोदावरी नगर सम्मेलन सम्पन्न गरिएको हाे |

१० माओबादी एकता घोषणा पछि बनेको माओबादी केन्द्रको आवधारण अनुसार राष्ट्रिय-भेला, प्रदेश-भेला , जिल्ला-भेला, नगर-भेला र गाऊँ-भेला गर्नु पर्ने हुन्छ । माओबादी हेडक्व़ाटरमा समेत जानकारी नगरार्इ गोदावरी नगर भेला गरेको हाे ।  यसरी नगर भेला गर्नु अबैधानिक भएको भन्दै ललितपुर इन्चार्ज, हरि दाहाल, अञ्जना बिसंखे, हेडक्व़ाटरका मणि थापा लगायत यसलाई नमान्ने बताएका छन् ।  गृहमन्त्री शक्ति बहादुर बस्नेत ज्युले किन यस्तो गल्ति कार्येमा लग्नु भएको हो  हामी लाई थाहा नभएको ललिपुर इन्चार्ज हरी दाहाले बताए ।

केन्द्र स्तरमा राष्ट्रिय एकता भेला गरेपछि मात्र राष्ट्रिय भेलाको निर्णय अनुसार प्रदेश भेला, जिल्ला भेला, नगर भेला गर्नु पर्ने पार्टीको विधानमा उल्लेख छ । विधान बिपरित गृहमन्त्री शक्ति बहादुर बस्नेत ज्युले कसरी गोदावरी नगर सम्मेलन गर्नु भएको हो भन्ने बारे कोहि कसैलाई थाहा नभएको समेत उनले बताए | माओबादी भावनात्मक रुपमा मात्र एकता भएको हो कि भन्ने बिषयमा आम जनताको मनमा खुल्दुली बढेकाे छ |

Godabari maobadi YCL

विशेष