शिक्षा विधेयक पारित कक्षा १२ सम्म माध्यमिक तह

जेठ - २२, शनिबार बसेकाे व्यवस्थापिका संसदकाे बैठकले शिक्षा एेन २०२८ लार्इ संसाेधन गर्न बनेकाे विधेयक पारित गरेकाे छ । याे विधेक पारित गरेसँगै प्रारम्भिक शिक्षाादेखि १२ कक्षासम्म विद्यालय तह हुने भएकाे छ ।
[caption id="attachment_4372" align="alignnone" width="600"]
Agency[/caption]
संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा आठौं संशोधन विधेयक २०७३ लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थियो । अब कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने भएको छ । व्यवस्थापिका संसदले पारित गरेको विधेयकमा उल्लेख भए अनुसार लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले विधेयकमा अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने या प्रतियोगितामा सहभागी हुन पाउने गरी दुवै विकल्प खुला राखिएको छ ।
कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका ९एसएलसी० परीक्षाको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ । अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।
संसदमा निर्णयार्थ पेस भएको उक्त विधेयक सर्वसम्मत रुपले पारित भएको हो । सत्तापक्ष र विपक्षी सबै सांसदले उक्त विधेयकमा समर्थन जनाएका हुन् । संसदको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिले एक साताअघि संसदमा पेश गरेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।
BICC
education
Education Law
Giriraj Mani Pokharel
