News

गुटगत राजनीतिमा लागे नेवि सङ्घ विघटन गर्न सक्ने : महामन्त्री काेइराला

गुटगत राजनीतिमा लागे नेवि सङ्घ विघटन गर्न सक्ने : महामन्त्री काेइराला
देशलार्इ निकास दिन राष्ट्रिय सहमतिकाे सरकार अावश्यक रहेकाे कांग्रेस महामन्त्री डा शशाङ्क काेइरालाले बताएका छन् । [caption id="attachment_4377" align="alignleft" width="300"]Sekhar_koirala-nepalicongress-e1361294419291 nepalireporter.com[/caption] नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ४ को प्रशिक्षण समारोहलाई आज नवलपरासीको गैंडाकोटमा सम्बोधन गर्दै उनले भने, “जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको संविधानलाई संस्थागत गर्न सबै दल एकजुट भई अघि बढ्नुको विकल्प छैन ।” कार्यक्रममा नेविसङ्घका अध्यक्ष रञ्जित कर्ण, केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ, देवेन्द्रराज कँडेललगायतले नेवि सङ्घको छिटो महाधिवेसन हुनुपर्नेमा जोड दिएका थिए । नेपाल विद्यार्थी सङ्घ गुटगत राजनीतिमा लागेको भन्दै महामन्त्री कोइरालाले पार्टीले नेवि सङ्घ विघटन गर्न सक्ने चेतावनीसमेत दिए । आइतबारसम्म चल्ने प्रशिक्षणमा स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, नवलपरासी, गोरखा, म्याग्दी, तनहुँका नेवि सङ्घका २२० कार्यकर्ताले प्रशिक्षण लिने आयोजक नेवि सङ्घ नवलपरासीका सचिव अबिनाश रेग्मीले बताए ।  

Nepali Congress Shashank Koirala

विशेष