महन्थ ठाकुर पार्टीका सांसद जंगीलालद्वारा स्थानीयमाथि आक्रमण
२ इटालियन पेस्तोल, ११ राउन्ड गोली र बाह्र बोर बन्दुक बरामद
सर्लाही २२, जेठ– महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले शनिवार सर्लाहीका चार जना स्थानीयमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।
सांसद रायको आक्रमणमा परी टाउको फुटेर गम्भीर घाइते भएका राधेश्याम रायको हेटौडास्थित अस्पतालमा भर्ना गरिएको छ । आइसियुमा उनको उपचार भइरहेको बताइएको छ । त्यस्तै, बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव पनि आक्रमणमा परी घाइते भएका छन् । जंगीलाल राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित सांसद हुन् । रायले इट्टा र घरेलु हथियारले स्थानीयमाथि आक्रमण गरेको घाइते मध्येका बृजनन्दन रायले बताए ।
प्रहरीले तमलोपा सांसद रायबाट २ थान इटालियन पेस्तोल, ११ राउन्ड गोली, एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ । घटनापछि सांसद राय फरार छन् । प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । देवेन्द्र रायसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । सांसद जंगीलालसहितको समूहले स्थानीयमाथि कुटपिट गरिरहँदा छेवैमा रहेको प्रहरी मूकदर्शक बनेको प्रत्यक्षदर्शीले जनाएका छन् । सांसद रायलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन् ।
सर्लाहीको मलंगवा नगरपालिका ९ की स्थानीय आरती देवीको जग्गा मिचेर भवन निर्माण गर्न लागेका सांसद रायलाई रोक्ने क्रममा घटना भएको सर्लाहीका स्थानीय पत्रकारहरुले जनाएका छन् । रायले बाटो मिचेर भवन निर्माण गरेका हुन् । सांसद रायले बाटो मिचेर भवन निर्माण गरेपछि जग्गा धनी आरती देवीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । मुद्दामाथि सुनुवाई गर्दै २०७० साल अषाढ १८ गते तत्कालीन न्यायाधीस सुशिला कार्कीको इजलाजले सांसद रायले अतिक्रमण गरी निर्माण गरेको भवन भत्काई बाटो खुलाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेशमा नापी कार्यालयका दिनेश मिश्रको नेतृत्वमा अतिक्रमित भवनको केही भाग यसअघि नै भत्काइएको थियो । तर, सर्वोच्च अदालतको फैसलाको उल्लंघन गर्दै सांसद रायले मलंगवा नगरपालिका ९ स्थित ज्ञानोदय विद्यालय छेऊ भत्काइएको सो भवन पुनः बनाउन खोजेपछि घटना भएको बताइएको छ ।
Jangilal Ray
Madheshi Lokatantrik Party
Mahant Thakur