News

सात जिल्लामा असार पहिलो साताभत्रि निर्वाचन

सात जिल्लामा असार पहिलो साताभत्रि निर्वाचन
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सात जिल्लालाई असार पहिलो साताभित्र निर्वाचन गर्न निर्देशन दिएको छ । nepali-congress-flag कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हुन नसकेका सात जिल्लामा निर्वाचन सम्पन्न गराउन निर्वाचन समितिले निर्देशन दिएको हो । चुनाव हुन नसकेका जिल्लाहरुमा सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सा, बझाङ र कञ्चनपुर छन् । यस्तै धनुषाको क्षेत्र नम्बर ५ को पनि चुनाव हुन सकेको छैन । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठकले जेठ २५ देखि असार पहिलो सातासम्ममा निर्वाचन गर्न निर्देशन दिएको हो ।

Nepali Congress

विशेष