विदेश

कास्मिरमा स्वचालित हतियारद्वारा पाँच सुरक्षाकर्मीको गोली हानी हत्या

कास्मिरमा स्वचालित हतियारद्वारा पाँच सुरक्षाकर्मीको गोली हानी हत्या
जेठ - २२, भारत प्रशासित कास्मिरको उन्नतनाग सहरमा विगत दुई दिनभित्र पाँच सुरक्षाकर्मीको स्वचालित हतियारद्वारा गोली हानी हत्या गरिएको प्रहरीले शनिबार बताएको छ । Egypt War, with Gun शनिबार नियमित गस्तीमा हिँडेका दुई सुरक्षाकर्मीमाथि आक्रमण गर्दा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीमाथि आक्रमण गरी आक्रमणकारी घटनास्थलबाट भागेका प्रहरी इन्स्पेक्टर जनरल जविद गिलानीले एएफपीलाई बताए। शुक्रबार पनि सङ्कास्पद विद्रोहीद्वारा भारतीय सीमा सुरक्षा बलको अर्धसैनिक दस्ताका तीन जनालाई स्वचालित राइफलमार्फत आक्रमण गरी हत्या गरेका थिए । शुक्रबारको हत्याको भारतमा दशकौंदेखि विद्रोह गर्दै आएको हिजबुल मुजाहिद्दित समूहले जिम्मा लिएको भए पनि शनिबारको हत्याको कसैले जिम्मा लिएको छैन । मुजाहिद्दित समूहले स्वतन्त्रताका लागि वा भारतीय उक्त भूभागलाई पाकिस्तानसँग मिलाउनुपर्ने भन्दै सङ्घर्षरत रहेको छ । कास्मिर भारत र पाकिसतानबीच सन् १९४७ देखि विभाजित रहँदै आएको छ । दुवै देशले कास्मिर आफ्नो भएको दाबी गर्दै आएका छन् ।विवादका कारण दशौँ हजार मानिसले उक्त क्षेत्रमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा प्रायः सामान्य नागरिक रहने गरेको बताइन्छ ।

विशेष