प्रवास News

कतारमा ८५ नेपालीको विचल्ली

कतारमा ८५ नेपालीको विचल्ली
Qatar काठमाडौं, जेठ २३ । समयमै उद्धार हुन नसक्दा कतारको इल्युसिड इलोक्ट्रोमेकानिकलमा कार्यरत एक सय ८५ नेपालीको अवस्था जटिल बन्दै गइरहेको छ । त्यस कम्पनीका सञ्चालक कामदारको सम्पर्कमा छैनन् । गत जनवरियता तलब नपाएका उनीहरूलाई कम्पनीले अप्रिल १० बाट कामसमेत दिएको छैन । एक सय ८५ मध्ये सबै स्वदेश फिर्न चाहेका छैनन् । यहाँ बसेर मुद्दा मामिला गर्न गाह्रो देख्नेहरू घर फिर्न चाहन्छन् । टिकट जुटाएका पनि घर फिर्न पाएका छैनन् । पीडितहरूले दूतावास गम्भीर नभएकाले समस्या लम्बिरहेको बताउँछन् । कतारका लागि कार्यवाहक राजदूत मणीरत्न शर्माले पीडितलाई उद्धारका लागि दूतावासले काम गरिरहेको बताए । कान्तिपुर

Qatar Labour

विशेष